Official Inauguration of Remebot
Sep 19, 2024
काठमाडौँ, ९ साउन । माइतीघरमा रहेको अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेज (अन्नपूर्ण न्यूरो अस्पताल)ले रोबोटिक सर्जरी सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालले एक साता अघि देखि ‘कम्प्लिट न्यूरो रोबटिक सेट – रेमबोट’ को माध्यमबाट रोबोटिक सर्जरी सेवा प्रारम्भ गरेको हो । चीनबाट ल्याइएको ‘रेमबोट’लाई न्युरो सर्जिकल ‘रोबोट डाक्टर रामु’को नाम दिइएको छ ।
नयाँ सेवाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष समेत रहेका बरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले विज्ञान र प्रविधिको अधिकतम उपयोग गरी सेवालाई थप प्रभावकारी र विश्वसनीय बनाउन नयाँ प्रविधि भित्र्याइएको बताए